पोखरीमा नुहाउने क्रममा डुबेर बालिकाको मृत्यु

rautahat-death

तातोखबर, रौतहट / जिल्लाको वृन्दावन नगरपालिकामा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।

वृन्दावन नगरपालिका वडा नं.१ स्थित खैरा टोलका किशोरकुमार बैठाकी छोरी १३ वर्षीया निरञ्जनकुमारी बैठाको मृत्यु भएको हो।

Advertisement:rautahat-death

सोमबार दिउँसो बाख्रा चराउन गएकी बैठा गर्मी छल्न साथीहरूसँग घर नजिकै रहेको पोखरीमा नुहाउने क्रममा डुबेकी वडाध्यक्ष रामनाथ सहनीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस् :