वनमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका एकजनाको मृत्यु
ललितपुर / गोदावरी नगरपालिका-४ बडिखेलस्थित तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा घाइते एकजनाको मृत्यु भएको छ।
कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका स्थानीय रमेश पहरीको बुधबार बिहान मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक तथा सूचना अधिकारी नरेशराज सुवेदीले थाहासञ्चार नेटवर्कलाई जानकारी दिए।
स्थानीय शंकर पहरीको मंगलबार मृत्यु भएको थियो। वनमा फैलिएको डढेलो अझै पनि नियन्त्रणमा आइनसकेको सुवेदीले बताए। तर वस्तीमा फैलिने जोमिख भने टरेको छ।
ललितपुरको गोदावरीस्थित लेले जङ्गलमा केहिदिनदेखि लागेको डढेलो आनन्द वनमा समेत फैलिँदा कुष्ठरोग अस्पतालामा रहेका बिरामीलाई सुरक्षित ठाउँमा सारिएको थियो।
जोखिम कम भएपनि सतर्कता भने अपनाएको प्रहरीको भनाइ छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
‘टोल विकास संस्थाहरुको सक्रियता’ नामक पुस्तक सार्वजनिक
-
२.
ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक
-
३.
पूर्वराजा शाह भोलि लुम्बिनी जाँदै, एक हजार बुद्ध मन्दिरको पूजा कार्यक्रममा सहभागी हुने
-
४.
भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई आज मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरिने
-
५.
आज विश्व टेलिभिजन दिवस, सामाजिक सञ्जालको व्यापकताले टेलिभिजन हेर्नेको संख्या घट्दै