अखाद्य वस्तुबाट उत्पादित मिठाईको प्रयोग नगर्न दाजुभाइ स्वीट्सकाे आग्रह

ताताेखबर, हेटौंडा / चाडपर्वको समय शुरू भएकाले मानवस्वास्थ्यमा असर पार्ने मिठाईहरु विक्री वितरण हुने गरेकाले यसप्रति सजग रहन उपभोक्ताहरुलाई हेटौंडामा सञ्चालन हुदै आएको दाजुभाइ स्विटस् एण्ड फास्टफुडले आग्रह गरेको छ ।

नेपालीहरुको महत्वपूर्ण चाड नजिकिएसँगै बजारमा विक्री वितरण हुने विभिन्न प्रकारका मिठाईहरु रङ्गीचङ्गी देखाई उपभोक्ताहरुलाई आकर्षित गर्ने विकृति बढेर गएको भन्दै यसप्रति सजग रहन आमउपभोक्ता हरुलाई आमसञ्चार माध्यम मार्फत हेटौंडामा सञ्चालनरत दाजुभाइ स्वीट्सले आग्रह गरेको छ ।

Advertisement:

तातोखबरसँग कुरा गर्दै दाजुभाइ स्विटस् एण्ड फास्टफुड सञ्चालकमध्येका एक दीपक गौतमले चाडपर्वका लागि लागि लक्षित गरेर उत्पादन गरिएका बजारमा पाईने अखाद्य वस्तुहरुको मिश्रणबाट उत्पादित मिठाईहरुको प्रयोगबाट उपभोक्ताहरुको स्वास्थ्यमा गम्भिर असर पर्न सक्ने भएकोले यसप्रति निगरानी बढाउन सम्बन्धित निकायसँग अनुरोध समेत गरेका छन् ।

बजारमा विक्री वितरण हुने खाद्य रङ तथा अन्य अखाद्य वस्तुहरुको समेत मिश्रणबाट बढी लाभ लिने उद्देश्यले उत्पादन गरी साजसज्जा सहितको मिठाईले समग्र बजारलाई नै नकारात्मक असर पर्ने भएकाले मिठाई उत्पादक तथा विक्रेताहरुलाई यस्तो मानवस्वास्थ्यका लागि घातक खाद्य वस्तुहरुको विक्री वितरण नगर्न समेत आफूहरुको आग्रह रहेको सञ्चालक गौतम बताउँछन् ।

राज्यस्तरबाट यहाँहरु जस्ता सेवा प्रदायकहरुको प्रतिष्ठानहरुमा राज्यले अनुगमनका नाममा विभिन्न प्रकारका ज्यादती गर्ने गरेको गुनासो पनि व्यवसायहरुले गर्ने गरेका छन्, यस विषयमा यहाँ के भन्नु हुन्छ ? भनेर राखिएको जिज्ञाषामा सञ्चालक दीपक गौतम भन्छन् ‘कुनै पनि व्यवसायीहरुले सञ्चालन गरेका प्रतिष्ठानहरुमा राज्यस्तरबाट हुने अनुगमन प्रभावकारी हुनु जरुरी छ । अनुगमन नगर्ने हो भने सेवा प्रदायक तथा उत्पादकहरुले अराजक बन्न सक्छन् । नियमक निकालयले अनुगमन नगर्ने हो भने उपभोक्ताहरु र राज्य पूर्ण रुपमा विभिन्न रुपमा ठगिनु पुग्छन् । त्यसैले अनुगमन निष्पक्ष र शैद्धान्तिक हुनु जरुरी रहेकाे छ ।’

नेपालमा उद्योग र व्यवसाय पनि विस्तारै सेलाउने तरखरमा देखा परेको भन्दै दाजुभाइ स्वीट्स एण्ड फाष्ट फुडका सञ्चालक दीपक गौतमले नेपालमा व्यवसायीहरु पनि सच्चिनु पर्ने, नियमक निकायले पनि अनवाश्यक झण्झट निकालेर सेवाग्राहीहरुलाई दुःख दिने सोच बदल्नु पर्ने मान्यता राख्दै आईरहेका छन् ।

बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिका ६ मा सञ्चालनरत दाजुभाइ स्विटस् एण्ड फाष्टफुडले हेटौंडाकै लोकप्रिय मिठाई भण्डारको रुपमा समेत परिरिचत रहेको छ भने झण्डै ४ दर्जन जनशक्तिले यस व्यवसायबाट रोजगारको अवसर प्राप्त गर्दै आईरहेका छन् ।

प्रतिक्रिया दिनुहोस् :