जनकपुरमा पेस्तोल देखाई ठूलो रकम लुटपाट

Shubhashree Sahakari's Staff

२४ वैशाख, जनकपुरधाम । हतियारधारीले जनकपुरधामबाट शुभश्री बचत तथा ऋण सहकारी संस्थाका एक कर्मचारीबाट ८० लाख रुपैयाँ लुटेका छन् ।

बैंकबाट रकम निकालेर सहकारीतर्फ जाँदै गरेका शुभश्री बचत तथा ऋण सहकारी संस्थाका कर्मचारी वीरेन्द्रकुमार महतोलाई पेस्तोल देखाएर ८० लाख लुटिएको प्रहरीले जनाएको छ ।

Advertisement:Shubhashree Sahakari's Staff

महतोले मोटरसाइकलमा आएका दुई जना हतियारधारीले जनकपुरधाम उपमहानगरपालिका १९ बाट आफ्नो साथमा भएको रकम लुटेको बताएका छन् ।

घटनाका विषयमा थप अनुसन्धान गरिरहेको धनुषा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् :