वामदेव गौतम एमाले प्रवेश गर्न आतुर

Bamdev Gautam CPN UML

बैशाख २५, काठमाडौँ / नेकपा राष्ट्रिय एकता अभियानमा संयोजक वामदेव गौतमले आफू एमालेमा समाहित हुन आतुर रहेको बताएका छन् ।

गौतमले आफूलाई छिटोभन्दा छिटो एमालेमा प्रवेश गराउनका लागि अध्यक्ष केपी ओलीलाई दबाब दिन पनि एमालेका नेता, कार्यकर्तालाई आग्रह गरेका छन् ।

Advertisement:Bamdev Gautam CPN UML

हिजाे सोमवार राजनीतिज्ञ सिद्धीनाथ ज्ञवाली स्मृति ग्रन्थ विमोचनका लागि अध्यक्ष ओलीसँगै एमाले मुख्यालय च्यासल पुगेका उनले आफूलाई नमर्दासम्म काम गर्ने अवसर दिन आग्रह गरेका थिए ।

गौतमले आफू अध्यक्ष ओलीको आलोचना गर्न, खुट्टा तान्न नभई सो पार्टीलाई २०८४ सालको निर्वाचनमा ६० लाख मत हासिल गर्ने योजनासहित एमालेमा आउन चाहेको कुरा अध्यक्ष ओलीलाई भनिसकेको पनि स्मरण गराएका थिए । त्यसका लागि आफूलाई एमालेले सो अभियानको कमाण्डर बनाउनुपर्ने उनको प्रस्ताव थियो ।

एमालेका तत्कालीन उपाध्यक्ष समेत रहेका गौतमले आफू एउटा शक्ति भएको उल्लेख गर्दै त्यसलाई एमालेले प्रयोग गर्दा हुने बताए । गौतमले आफूले एमालेमा आएर काम गर्न चाहेको जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस् :