प्रकाश दाहाल स्मृति भलिबलको उपाधि हेटौंडा उपमहानगरपालिकालाई
तातोखबर, हेटौंडा / मकवानपुरको हेटौंडा उपमहानगरपालिकाले प्रथम संस्करणको प्रकाश दाहाल स्मृति बागमती प्रदेशस्तरीय अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि जित्न सफल भएको छ।
बुधबारको फाइनल खेलमा हेटौंडाले मकवानपुरको थाहा नगरपालिकालाई २१–२५, १७–२५, २५–१६, २५–१५ र १५–४ ले पराजित गरेको थियो ।
सुरुवाती २ सेट लगातार गुमाएर पनि उत्कृष्ट पुनरागमन गर्दै हेटौंडाले थाहालाई पाखा लगाउन सफल भयो ।
विजेता टोली हेटौंडाले ३ लाख तथा उपविजेता टोली थाहाले २ लाख पुरस्कार पाएका छन् ।
सेमिफाइनलमा पराजित ललितपुरको महांकाल गाउँपालिका र सिन्धुलीको घ्याङलेख गाउँपालिका संयुक्त रूपमा तेस्रो भए भने दुवै टोलीले एक-एक लाख रुपैयाँ पुरस्कार पाए।
प्रतियोगितामा थाहा नगरपालिकाका विष्णु क्षेत्री उत्कृष्ट खेलाडी घोषित भए।
उपाधि विजेता हेटौंडाका सुजन चोखालले उत्कृष्ट सेटर, हेटौंडाका राजन दर्लामी मगर उत्कृष्ट लिबरो र महांकाल गाउँपालिकाका जीवन सुनार उत्कृष्ट ब्लकर घोषित भए।
यसैगरी उपाधि विजेता हेटौंडाका पुष्प मैनाली उत्कृष्ट प्रशिक्षक घोषित भए । उत्कृष्ट भएका सबैले ५०-५० हजार रुपैयाँ पुरस्कार पाए।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरी ज्ञानु र छोरा प्रकाश को स्मृतिमा स्थापित प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजनामा भएको प्रतियोगिता महांकाल गाउँपालिकाका गोटीखेल र मानिखेलका कोर्टमा सञ्चालन भएको थियो ।
प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद् र प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको सहयोग थियो। यसैगरी नेपाल भलिबल संघको प्राविधिक सहयोग थियो । ललितपुर जिल्ला खेलकुद विकास समिति सह-आयोजक रहेको थियो।
प्रतियोगितामा १६ वटा टिमको सहभागिता रहेको थियो। प्रतियोगिता लिग कम नकआउटको आधारमा भएको थियो ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
‘टोल विकास संस्थाहरुको सक्रियता’ नामक पुस्तक सार्वजनिक
-
२.
ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक
-
३.
पूर्वराजा शाह भोलि लुम्बिनी जाँदै, एक हजार बुद्ध मन्दिरको पूजा कार्यक्रममा सहभागी हुने
-
४.
भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई आज मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरिने
-
५.
आज विश्व टेलिभिजन दिवस, सामाजिक सञ्जालको व्यापकताले टेलिभिजन हेर्नेको संख्या घट्दै