मुख्यमन्त्री केदार कार्कीले अदालत जाने तयारी थाले

तातोखबर, विराटनगर /  कोशी प्रदेश प्रमुखको कार्यालयले नयाँ सरकार गठनको आह्वान गरेसँगै मुख्यमन्त्री केदार कार्कीले अदालत जाने तयारी थालेका छन्।

सर्वोच्च अदालतमा रिट दायर गर्न मुख्यमन्त्री कार्की बिहीबार बिहान काठमाडौं पुगेका मुख्यमन्त्री सचिवालयले बताएको  छ।

Advertisement:

मुख्यमन्त्री  काठमाडौं पुगेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार देवनारायण साहले बताए । मुख्यमन्त्री कार्कीले प्रदेश प्रमुखले नयाँ सरकार गठनको आह्वान गर्नु असंवैधानिक भएको दाबी गर्दै आएका छन्।

प्रदेश प्रमुख परशुराम खापुङले बुधबार राति साढे १० बजे  नयाँ सरकार गठनको आह्वान गरेका थिए।

खापुङले प्रदेश सरकार गठन गर्न कोशी प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न सक्ने कोशी प्रदेश सभाका कुनै सदस्यलाई वैशाख २८ गते, शुक्रबार अपराह्न ५ः ०० बजेभित्र आफ्नो दाबी पेश गर्न आह्वान गरेका हुन्।

प्रतिक्रिया दिनुहोस् :