बिलबिजकमा भन्दा फरक सामान बोकेको ट्रक सशस्त्रको नियन्त्रणमा

Truck Arrested By APF

तातोखबर, वीरगंज / बिलबिजकमा उल्लेख गरिएको भन्दा फरक सामान बोकेको ट्रक सशस्त्र प्रहरीले बैशाख २७ गते पर्सा जिल्लाको वीरगंज महानगरपालिका-८ लिङ्करोडबाट नियन्त्रणमा लिएको छ।

पर्साको आदर्शनगरबाट बसपार्कतर्फ जाँदै गरेको ना ३ ख ७६५६ नम्बरको मालवाहक ट्रकलाई विशेष सूचना आधारमा प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजले नियन्त्रणमा लिएको हो। ट्रकमा रहेको सामानको भ्याटबाहेकको मूल्य ३० लाख ४९ हजार ८८ रुपैयाँ कायम रहेको छ।

Advertisement:Truck Arrested By APF

नियन्त्रणमा लिइएको सामानसहितको ट्रक थप अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको छ।

प्रतिक्रिया दिनुहोस् :