युद्धविराम रोक्न इजराइलले गाजाको रफाहमा आक्रमण गरेको आरोप

fatah-2-missile-test-by-pakistan

हमासले प्यालेस्टिनी क्षेत्रमा सात महिनादेखि जारी युद्धमा युद्धविराम खोज्ने वार्ता रोक्न इजराइलले गाजाको रफाहमा आक्रमण गरेको आरोप लगाएको छ ।

इजिप्टको सीमा नजिकै प्यालेस्टिनीले आश्रय लिएको रफाहमा ट्या‌ंक पठाएर इजराइलले अन्तर्राष्ट्रिय आपत्तिको अवहेलना गरेको आरोप हमासले लगाएको हो ।

Advertisement:fatah-2-missile-test-by-pakistan

‘रफाह र यसको सीमा नाकामा भएको सैन्य कारबाहीले मध्यस्थकर्ताको प्रयासमा बाधा पुर्‍याउने उद्देश्य राखेको छ’, इज्जत अल-रिस्कले भने, ‘यद्यपि हमास अहिले पनि मध्यस्थकर्ताहरूद्वारा प्रस्तुत युद्धविराम प्रस्तावलाई स्वीकार गर्न प्रतिबद्ध छ ।’

उनले कायरोमा वार्ताका लागि पठाइएको हमासको प्रतिनिधिमण्डल प्रस्थान गरी कतारको राजधानी दोहा फर्किएको बताए। इजिप्ट, कतार र संयुक्त राज्य अमेरिकाले महिनौँदेखि इजराइल र हमासबीचको सम्झौतामा मध्यस्थता गर्ने प्रयास गरिरहेका छन् ।

इजिप्टको गुप्तचरसँग सम्बन्धित अल-काहेरा न्युजले लामो समयदेखि रोकिएको युद्धविराम सम्झौतालाई बलियो बनाउने उद्देश्यले कतार, अमेरिका र हमासका प्रतिनिधिमण्डलको वार्ता बिहीबार कायरोमा जारी रहने बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस् :