हतियारको आपूर्ति रोकिएपछि इजरायल अमेरिकासँग रुष्ट

america biden isreal netanyahoo

गाजामा आक्रमण जारी राखेको इजरायललाई हतियारको आपूर्ति रोकिदिए पछि इजरायल अमेरिकासँग रुष्ट भएको छ। गाजाको रफाहमा आक्रमण नगर्न गरेको आग्रह लत्याएपछि अमेरिकाले इजरायललाई पठाउँदै आएको हतियारको केही खेप रोकेको छ।

अमेरिकी कदमपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इजरायल एक्लै लड्ने बताएको बीबीसीले जनाएको छ। उनले आफूले पहिले पनि एक्लै लड्ने घोषणा गरिसकेको भन्दै अब कसैले सहयोग नगरे आखिरी साससम्म एक्लै लड्ने चेतावनी दिए।

Advertisement:america biden isreal netanyahoo

इजरायलका रक्षामन्त्री योआव ग्यालेन्टले आफूहरु बलियो रहेको र लक्ष्यमा नपुगी पछि नहट्ने कुरा मित्र र ​दुश्मन सबैले बुझ्नुपर्ने बताए। इजरायलले हमासमाथि जित हासिल गर्न भन्दै रफाहमा शक्तिशाली आक्रमण गरेको छ, जसबाट कयौँ मानिस विस्थापित भइसकेका छन्।

अमेरिका तथा अन्य मानव अधिकारवादी संगठनले रफाहमा इजरायलले आक्रमण नरोके ठूलो संख्यामा मानिसको मृत्यु हुन सक्ने आशंका गरेका छन्।

प्रतिक्रिया दिनुहोस् :