सूर्यदर्शनबाट ऋण लिएको कुरा प्रमाणित गर्न गगनलाई रविको चुनौती

rabi-lamichhane

काठमाडौं, वैशाख २८ गते/ उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूले निवेदन दिएर सूर्यदर्शन सहकारीबाट ऋण लिएको कुरा प्रमाणित गर्न नेपाली काँग्रेसका महामन्त्री गगन थापालाई चुनौति दिएका छन् ।

शुक्रबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै गृहमन्त्री लामिछानेले आफूले हस्ताक्षरसहितको निवेदन दिएर सूर्यदर्शन सहकारीबाट ऋण लिएको कुरा प्रमाणित गर्न चुनौती दिएका हुन् ।

Advertisement:rabi-lamichhane

उनले गगन थापाले भनेजस्तै प्रमाण पेश गर्न सकेमा आफूले राजनीति छोड्ने बताए ।उनले प्रमाण दिन नसकेमा गगन थापालाई राजनीति छाड्न चुनौती दिएका हुन् । उनले संसदीय छानबिन समिति बनाउने कुरा सामान्य भएको भन्दै बनाउन सकिने धारणा राखे ।उनले आफू प्रमाणसहित कोही आएमा राजनीति छोड्न तयार रहेको भन्दै समिति नबनाउन नभनेको बताए । उनले चुनौती स्वीकार गरेर दुई जनाको राजनीति दाउमा लगाउन तयार हुन थापालाई आग्रह गरे ।

गृहमन्त्री लामिछानेले आफ्नो कुरा संसदबाट सुन्न काँग्रेस डराएको बताए । आफूले संसदमा बोल्न पाएमा सबै कुरा स्पष्ट ढंगले राख्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस् :