रातो मच्छिन्द्रनाथको रथ तान्न शुरु

rato-machhindranath-rath

तातोखबर, ललितपुर / वर्षा र सहकालका देवता मान्दै आएको रातो मच्छिन्द्रनाथको रथ तान्न आजबाट शुरु भएको छ। पुलचोकमा निर्माण गरिएको रथ आज बाजागाजासहित गःबहाल पुर्‍याइएको छ । रथ निर्माण यही वैशाख १२ गतेबाट शुरु भएको थियो भने वैशाख २७ गते मच्छिन्द्रनाथलाई रथारोहण गराइएको थियो ।

रथलाई पाटनका सबै टोल घुमाएपछि असार शुक्ल चतुर्थीमा जावलाखेल पुर्‍याएर अन्तिम दिन भोटो देखाई अन्त्य गर्ने चलन रहेको छ ।

Advertisement:rato-machhindranath-rath

रथयात्रा हेर्नका लागि ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरिबाबु महर्जनको निमन्त्रणामा युरोपेली युनियन, फ्रान्स, इजरायल, नर्वे, दक्षिण कोरिया, स्वीजरल्याण्ड, थाइल्याण्ड, संयुक्त अधिराज्यलगायत देशका राजदूत र  विश्वबैंक, युनिसेफ, युएसएआइडी, एसियाली विकास बैंकलगायत निकायका प्रतिनिधिहरूको  सहभागीता रहेको  छन् ।

प्रतिक्रिया दिनुहोस् :