दक्षिण एसियाली महिला सम्मेलन ललितपुरमा शुरु

South_Asain_Woman_conference_2024

तातोखबर, काठमाडौं / दक्षिण एसियाली महिला सम्मेलन आज आइतबार देखि ललितपुरमा शुरु हुँदैछ ।

” ग्रामीण पर्यटनमा दिगो विकास र महिला सशक्तीकरण ” सम्मेलनको मुख्य विषयवस्तु हुनेछन् । वित्तीय पहुँच, बजारीकरण, डिजिटल प्रविधि र व्यावसायिक विकास छलफलको मुख्य विषय रहनेछन्।

Advertisement:South_Asain_Woman_conference_2024

नेपालमा पहिलो पटक हुन लागको सम्मेलनले दक्षिण एसियाली महिलाले सञ्चालन गरेको लघु, साना र मध्यमस्तरका व्यवसाय प्रवर्र्धन गर्ने, लैंगिक ‘डिजिटल ग्याप’लाई कम गर्न पुलको काम गर्नुका साथै महिलाको आर्थिक सशक्तीकरणमा टेवा पुर्‍याउने अपेक्षा आयोजकले गरेको छ ।

लघु, साना र मध्यमस्तरका व्यवसायहरुलाई विशेष जोड दिँदै ग्रामीण पर्यटन, कृषि र जलवायु परिवर्तनजस्ता विषयमा पनि सम्मेलनमा छलफल हुनेछ।

सम्मेलन जेठ १ गते सम्म जारी रहने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् :