तत्कालिन सेञ्चुरी बैंक ऋण दुरुपयोग, प्रभु उच्च व्यवस्थापनको छुट्टै खेल

बैशाख ३०, काठमाडौँ / प्रभु बैंकबाट प्रवाह भएको ऋणमा कैफियत रहेको अनुसन्धानबाट खुलेको छ ।
तत्कालिन सेन्चुरी कमर्सियल बैंकले उक्त ऋण प्रवाह गरेको थियो ।
प्रहरी र नेपाल राष्ट्र बैंकले गरेको अनुसन्धानका क्रममा ऋण प्रवाहमा उक्त कैफियत फेला परेको हो ।
१ अर्ब १४ करोड २३ लाख ८४ हजार २५८ रुपैयाँको धितो भ्यालुएसन गरी २ अर्ब ११ करोड ६५ लाख ५५ हजार ७३१ रुपैयाँ ऋण प्रवाह गरिएको भन्दै सीआइबीले बैंकरलाई पक्राउ गरेको थियो ।
सीआइबी र राष्ट्र बैंकको टोलीले सँगै अनुसन्धान गर्न थालेपछि पक्राउ परेका बैंकर हाजिरी जमानीमा छुटेका थिए । राष्ट्र बैंकको अनुसन्धानबाट ऋण प्रवाहमा कैफियत भेटिएपछि प्रहरीले हाजिरी जमानीमा छुटेकाहरुसँग पुनः बयान लिन थालेको हो ।
सीआइबीले तत्कालीन सेन्चुरी कर्सियल बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीइओ) तुलसीराम गौतम, तत्कालीन सीइओ मनोज न्यौपाने (हाल प्रभु बैंकका डेपुटी सीइओ) सहित ११ जना गत फागुन १५ गते पक्राउ गरेको थियो ।
यो पनि पढ्नुहोस् : प्रभु बैंकका सिईओले आफ्नै कर्मचारी थुनाएको आरोप
बढी कर्जा लिने देउराली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रवीन्द्र चौलागाईंमाथि बचतकर्ताको रकम हिनामिना गरेको अभियोग छ । गत कात्तिक १७ गते पक्राउ परेका उनी अदालतको आदेश पछि पुर्पक्षका लागि थुनामा रहेका छन् ।
प्रभु उच्च व्यवस्थापनको खेल
हालै सम्मपन्न साधारण सभामा पनि यस विषयमा धेरै आवाज उठेको थियो । एकलौटी रुपमा उच्च व्यवस्थापनले सेन्चुरी तर्फका कर्मचारीलाई बाइपास गरेर जाने नीति लिएको प्रभुको हालका वहालवाला कर्मचारीले तातोखबरलाई बताएका छन् । साधारण सभामा व्यवस्थापनको योग्यता माथि धेरैले प्रश्न उठाएका थिए । कतै सेन्चुरी तर्फका कर्मचारी कुटिएका छन् भने कतिपय कर्मचारीले बैंकको उच्च व्यवस्थापनले धेरै पिडा दिने गरेको बताउंदै आएका छन् ।
प्रभु बैंकलाई गर्लफ्रेण्ड भर्तिकेन्द्र बनाएको भन्दै गत साधारण सभामा उच्च व्यवस्थापनको चर्को बिरोध समेत भएको थियो । नाम नबताउने सर्तमा एक कर्मचारीले तातोखबर सँग भने “सबैले आफ्ना मान्छे राखेको कुरा सत्य हो हरेकका आफ्ना आफ्ना राखेका छन् ।”
यो सबै सेञ्चुरी बैंकको उच्च ब्यवस्थापनका कर्मचारी हटाएर प्रभु बैंकको उच्च तहमा कार्यरत महिला कर्मचारीलाई डेपुटी सिईयो बनाउने खेल भएको प्रभु बैंक तर्फका माथिल्लो तहका कर्मचारीले बताए ।
“साधारण सभाको सुचना प्रकाशित गरेर रातारात नियुक्ति गरेका संचालक साधारण सभामा अनुमोदन गर्न धेरै जटिल कानुनी प्रक्रियाको प्रश्न उठेर जवाफ दिन बैंक अध्यक्षले हम्मे हम्मे परेको थियो ।प्रमुख कार्यकारी अधिकृतको कार्यसम्पादनमा समेत गम्भीर प्रश्न उठेको थियो । बैंकले ल्याएको स्वेच्छिक अवकास योजनामा सोचे अनुसार सेञ्चुरीबाट आएका उच्च ब्यवस्थापनका कर्मचारीले स्वेच्छिक अवकास नरोजेपछी बैंक सशंकित भएको थियो। त्यसैको फलस्वरूप उच्च ब्यवस्थापन खाली गर्नको लागि बनाईएको यो बैंकको असली रणनीति हो । यस अघि नै स्वेच्छिक अवकास मार्फत सेञ्चुरीका ब्यवस्थापन तहका १२ जना कर्मचारी बाहिरिएका छन बाहिरीने मध्येका ४ जना अनुसन्धानमा तानिएका छन् । अब बाँकी सेञ्चुरी तर्फका उच्च ब्यवस्थापनका सबै कर्मचारी हटाएर प्रभु बैंकले एकलौटी रुपमा हालिमुहाली गर्ने खेल भैरहेको स्रोतले बतायो । “यो सबै प्रभु बैंकका उच्च व्यवस्थापनको रणनीति हो सेञ्चुरीकालाई दोषी देखाएर आफु उम्कने ” उनले भने ।
मर्जरपछि प्रभु बैंक भित्रको विवाद बेला बेलामा सतहमा आइरहेको छ । विवाद बढ्दै जाँदा बैंकको विश्वासनियतामा पनि कमि हुनसक्ने जानकारहरु बताउछन् ।
यो पनि पढ्नुहोस् : बैंकका अपरेशन इन्चार्जमाथि प्रभु बैंक गण्डकी प्रदेश अधिकृतको हातपात
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस