सहकारीमा काम गर्ने कर्मचारीको ८० लाख लुट्ने पक्राउ

loot-arrested

तातोखबर, जनकपुरधाम / जनकपुरधामबाट सहकारीमा काम गर्ने कर्मचारीको साथबाट ८० लाख रुपैयाँ लुटेको आरोपमा दुईजना पक्राउ परेका छन् ।

रकम लुट्नेमा संलग्न रहेको आरोपमा जनक महतो र श्रवण कापरलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो। पक्राउ परेकाहरूको साथबाट केही रकम बरामद गरेको प्रहरीले जनाएको छ।

Advertisement:loot-arrested

गत वैशाख ४ गते धनुषाको सबैला-१२ रघुनाथपुरको शुभश्री बचत तथा ऋण सहकारीका कर्मचारी वीरेन्द्रकुमार महतोलाई मोटरसाइकलमा आएका दुईजना हतियारधारीले जनकपुरधाम-१९ मा पेस्तोल देखाएर ८० लाख लुटेका थिए।

प्रतिक्रिया दिनुहोस् :