नीति कार्यक्रम : सशस्त्र द्वन्द्व तथा जनआन्दोलनका घाइतेलाई भत्ता दिन शान्तिकाेष स्थापना गर्ने

ramchandra-paudel-goverment-policies-and-program

तातोखबर, काठमाडौँ / सरकारले सशस्त्र द्वन्द्व तथा जनआन्दोलनका क्रममा घाइते तथा अपांगता भएकाहरूलाई जीवननिर्वाह भत्ता उपलब्ध गराउन शान्तिकोष स्थापना गर्ने भएको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारले यस्तो घोषणा गरेको हो।

सरकारको नीति तथा कार्यक्रम संसद्‌मा प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले भने, ‘सशस्त्र द्वन्द्व तथा जनआन्दोनलमा अपांगता तथा घाइते भएकाहरूलाई जीवन निर्वाह भत्ता वितरण तथा द्वन्द्वपीडित परिवारलाई क्षतिपूर्ति, उपचार तथा शिक्षा, रोजगारी, स्वरोजगारको व्यवस्था र आर्थिक सहायता उपलब्ध गराई पुनःस्थापना र परिपूरणलगायतका कार्य गर्न शान्ति कोष स्थापना गरिनेछ।’

Advertisement:ramchandra-paudel-goverment-policies-and-program

सरकारले सशस्त्र द्वन्द्व तथा जनआन्दोलनका सबै सबै लडाकुहरूलाई गणतान्त्रिक योद्धा सम्मान कार्यक्रमको व्यवस्थासमेत गर्ने भएको छ।

द्वन्द्वका क्रममा घाइते भएकाहरूको प्रतिशतलाई पुनरावलोकन तथा निर्धारण गरेर उनीहरूका औषधिउपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर र वीर अस्पताललाई डेडिकेटेड अस्पतालका रुपमा तोक्ने घोषणा पनि गरेको छ।

प्रतिक्रिया दिनुहोस् :