कश्मीरमा बन्धक बनाइएका ३५ नेपालीको उद्धार

Kasmir-bandak-nepali

तातोखबर, काठमाडौं / नेपालबाट मजदुरीका लागि भारतको कश्मीर पुर्‍याएर बन्धक बनाइएका ३५ नेपालीको उद्धार भएको छ ।

सर्लाही, महोत्तरी, धनुषाका नेपाली मजदुरहरूलाई दैनिक ११ सय (नेपाली रुपैयाँ) ज्याला पाउने गरी ठेकेदारले जम्मु पुर्‍याएका थिए । तर, उनीहरूलाई कश्मीरको श्रीनगर बडगांग पुर्‍याइयो ।

Advertisement:Kasmir-bandak-nepali

त्यहाँ भारतीय ठेकेदारले नेपाली मजदुरहरूलाई श्रमशोषण र यातना दिएर काममा लगाइरहेका थिए । उनीहरुलाई कुटपिट गर्ने अमानवीय व्यवहार गर्ने र तीन महिनादेखि पारिश्रमिक नदिएको गरेका थिए ।

सामाजिक कार्यमा संलग्न सर्लाहीका सरोज रायसमक्ष यो सूचना पुगेपछि उनले उद्धारको पहल गरेका थिए ।

दिल्लीस्थित नेपाली दूतावास र किन इन्डिया संस्थाको समन्वयमा कश्मीरबाट मजदुरहरूको उद्धार गरी दिल्ली ल्याइएको रायले बताएका छन् ।

उद्धार गरिएकामा सबैभन्दा बढी महोत्तरीका २३ जना छन् । ६ जना नाबालिग रहेको रायको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस् :