कांग्रेस सांसदलाई आफ्नो कार्यकर्ता नठान्न ओलीलाई गगनको चेतावनी

तातोखबर, काठमाडौँ / नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस सांसदलाई आफ्नो कार्यकर्ता नठान्न केपी शर्मा ओलीलाई चेतावनी दिएका छन् ।
प्रतिनिधिसभा बैठकपछि पत्रकारसँग कुरा गर्दै महामन्त्री थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसका सांसदहरूलाई आफ्नो कार्यकर्ता ठानेको भन्दै त्यस्तो नगर्न चेतावनीदिए । सभामुखले जबर्जस्ती बैठक अगाडि बढाएपछि कांग्रेसका सांसदहरूले विरोध गरेको भन्दै एमाले अध्यक्ष ओलीले कांग्रेसका सांसदहरूलाई निर्देशन दिन खोजेको बताए ।
उनले आज संसद्भित्र अप्रिय स्थिति सिर्जना भएको र त्यसको जिम्मेवारी सभामुख देवराज घिमिरेले लिनुपर्ने पनि बताए ।
सभामुखका कारण संसद्भित्र त्यो स्थिति सिर्जना भएको बताए। उनले सभामुखले सत्तारुढ दलका तीन पार्टीका अध्यक्षहरूसँग परामर्श गरेर उनीहरूको निर्देशनअनुरूप बैठकमा कांग्रेसलाई पेलेर अगाडि बढेको बताए ।
उनले संसद्मा जबरजस्ती कार्यसूची प्रवेश गराएर सभामुखले अप्रिय र अनपेक्षित स्थिति सिर्जना गराएको बताए । उनले सभामुख आफ्नो निष्पक्ष भूमिका निर्वाह गर्न चुकेको बताए ।
उनले भने, ‘आज सदनभित्र अन्य सबै प्रतिपक्षी बेन्चमा रहेका प्रायः सबै दलका माननीयहरू आज उठ्नुभएको अवस्था थियो। प्रमुख प्रतिपक्ष दल वेलमा पुगेको र संसद्भित्रका अन्य सम्पूर्ण प्रतिपक्ष दलहरू उभिइरहेको अवस्थामा सभामुखले त्योभन्दा अगाडि सत्तापक्षको तीनवटा पार्टीका अध्यक्षहरूसँग परामर्श गरेर आएर जे जति कुरा सदनभित्र गराउन निर्देशन दिइयो । हुबहु त्यसको पालना गरेको देखियो । आज सदनभित्र जे अप्रिय स्थितिको सिर्जना भयो‚ यसको मूल जिम्मेवारी सभामुखले लिनुपर्छ ।’
महामन्त्री थापाले सरकारले जसको फाइल खोले पनि हुने बताए । उनले सरकारमा बसेका मन्त्रीहरूले यसको र उसको फाइल खोल्छौँ भनेर अभिव्यक्ति दिइरहेको भन्दै काम गरेर देखाउन आग्रह गरे । उनले सबै फाइल खोले पनि कांग्रेस त्यसका लागि तयार रहेको स्पष्ट पारे ।
महामन्त्री थापाले संसदीय छानबिन समिति अनिवार्य शर्त भएको भन्दै समिति नबनेसम्म संसद्मा सरकारी काम, कारबाही अगाडि बढ्न नदिने बताए ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस