नेप्से आज झिनो अङ्कले बढ्यो

जेठ ३, काठमाडौँ / शेयर कारोबारमापक परिसूचक नेप्से आज झिनो अङ्कले बढेको छ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शून्य दशमलव ७९ अङ्कले उकालो लागेर २ हजार १८ दशमलव ७६ मा पुगेको छ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव २७ अङ्कले उकालो लागेर ३५८ दशमलव ३७ मा पुगेको छ।
कूल ८२ लाख ८२ हजार ५५६ कित्ता शेयर ४ अर्ब २३ करोड ३८ लाख १६ हजार ४०३ रुपैयाँ मूल्य बराबर कारोबार भएको छ।
हिमालयन लघुवित्त, जाल्पा सामुदायिक लघुवित्त, सिर्जनशील लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ।
स्वाभिमान लघुवित्त ९ दशमलव ९४, सिइडिबी हाइड्रोपावरका लगानीकर्ताले ९ दशमलव ६१ प्रतिशतले कमाएका छन्।
माण्डु हाइड्रोपावर ५ दशमलव ७६, पिपल्स पावर ५ दशमलव २६, नेपाल फाइनान्स ४ दशमलव १२, एभरेष्ट बैंक ३ दशमलव ९४ र लक्ष्मी उन्नति कोषका लगानीकर्ताले ३ दशमलव ९२ प्रतिशतले गुमाएका छन्।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस