ढुक्क भएर लगानी गर्न निजी क्षेत्रलाई प्रधानमन्त्रीको आग्रह
तातोखबर, काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको ध्यान नीति तथा कार्यक्रम अनुरूपको बजेट निर्माणमा केन्द्रित रहेको बताएका छन्।
शुक्रबार काठमाडौंमा स्वतन्त्र उर्जा उत्पादक संघ (इप्पान) को २२ औँ वार्षिकोत्सवमा प्रधानमन्त्रीले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पनि निजी क्षेत्रलाई पर्याप्त सम्बोधन गर्न जोड दिएको जिकिर गरे।
उनले उर्जा क्षेत्रमा ढुक्क भएर लगानी गर्न आग्रह गर्दै संरक्षण, समन्वय, सहजीकरण र सहायताका लागि सरकारले हरसम्भव प्रयास गर्ने बताए। प्रधानमन्त्रीले तेस्रो लगानी सम्मेलनबाट लगानी भित्र्याउन स्वदेशी त्था विदेशी लगानीकर्तामाझ बलियो र सकारात्मक सन्देश प्रवाहित भएको बताए ।
उनले लगानी प्रवर्धनमा बाधक देखिएका ऐन अध्यादेशमार्फत संशोधन गरिएका कारण पनि अब लगानीका लागि द्विविधा राख्नुपर्ने परिस्थिति क्रमशः अन्त्य भएको बताए। ‘लगानी र निर्माण गर्ने वातावरण महत्त्वपूर्ण हुन्छ। भर्खरै हामीले तेस्रो लगानी सम्मेलन सम्पन्न गरेका छौँ। यसले पनि लगानी भित्र्याउन स्वदेशी तथा विदेशी लगानीकर्तामाझ बलियो र सकारात्मक सन्देश प्रवाहित भएको छ’, उनले भने, ‘लगानी प्रवर्धनमा बाधक देखिएका ऐन अध्यादेशमार्फत संशोधन गरिएका कारण पनि अब लगानीका लागि द्विविधा राख्नुपर्ने परिस्थिति क्रमशः अन्त्य भएको छ।’
प्रधानमन्त्रीले विद्युत निर्यातको दीर्घकालीन सम्झौता उर्जा विकासको लागि कोशेढुंगा हुने बताए। उनले नेपाल विद्युत् आयात गर्ने मुलुकबाट विद्युत् निर्यात गर्ने मुलुकमा रूपान्तरित भएको जिकिर गरे। उनले स्वदेशभित्रै विद्युत खपतका लागि समेत धेरै योजना र कार्यक्रम अघि बढाइरहेको बताए।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक
-
२.
पूर्वराजा शाह भोलि लुम्बिनी जाँदै, एक हजार बुद्ध मन्दिरको पूजा कार्यक्रममा सहभागी हुने
-
३.
भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई आज मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरिने
-
४.
आज विश्व टेलिभिजन दिवस, सामाजिक सञ्जालको व्यापकताले टेलिभिजन हेर्नेको संख्या घट्दै
-
५.
आजदेखि फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण सुरु