शिक्षकहरूलाई कार्यसम्पादन मूल्यांकन फारम भरेर बुझाउन निर्देशन

teacher-service-commission-notice

काठमाडौँ / शिक्षकहरूलाई शिक्षक सेवा आयोगले कार्यसम्पादन मूल्यांकन फारम भरेर बुझाउन निर्देशन दिएको छ। आयोगले आज (शुक्रवार) सूचना जारी गरि फारममा भरेर सम्बन्धित विद्यालयमा दर्ता गरी प्रधानाध्यापकलाई बुझाउन निर्देशन दिएको हो।

आयोगका अनुसार शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम ३२ घ को उपनियम (७) मा सम्बन्धित स्थायी शिक्षकले शैक्षिक सत्र शुरू भएको ३० दिनभित्रमा कार्यसम्पादन मूल्याङ्कन फारममा आफूले भर्नुपर्ने विवरण भरेर सम्बन्धित विद्यालयमा दर्ता गरी प्रधानाध्यापकलाई बुझाउनुपर्ने व्यवस्था छ।

Advertisement:teacher-service-commission-notice

शिक्षकले कार्य सम्पादन मूल्याङ्कन फाराम भर्ने काम आफ्नो कार्यसम्पादनको स्तर मापन गर्ने विषयमात्र नभई सम्बन्धित विद्यालय तथा शैक्षिक निकायका लागि बढुवा तथा तालिम लगायतका शिक्षकको अन्य वृत्ति विकासका सम्बन्धमा निर्णय गर्ने वस्तुगत आधार पनि हो।

‘त्यसैले कार्यसम्पादन फाराममा विवरण भरी समयमै विद्यालयमा दर्ता गरी सुपरीवेक्षकसमक्ष पेश गर्ने दायित्व सम्बन्धित शिक्षक स्वयंको हो, यसपछि प्रक्रियागत रूपमा मूल्याङ्कनका अन्य चरणहरू पूरा गर्ने दायित्व सम्बन्धित जिम्मेवार पदाधिकारीको पनि हुन्छ,’ सूचनामा उल्लेख छ।

कार्य सम्पादन मूल्याङ्कनको क्रममा भएका र हुनसक्ने कमी कमजोरीलाई नियन्त्रण गर्न सर्वोच्च अदालत र प्रशासकीय अदालतबाट जिम्मेवार पदाधिकारीलाई कारबाहीको दायरामा ल्याउने गरी फैसला र आदेशहरू हुने गरेको पनि आयोगले जनाएको छ।

‘यस सन्दर्भलाई समेत ख्याल गर्दै सबैबाट आ-आफ्नो जिम्मेवारी र कर्तव्य पालनाका लागि अनुरोध छ,’ सूचनामा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस् :