सिरहा, धनुषा, सप्तरी र महोत्तरीका सीमानाका तीन दिनका लागि बन्द

border-naka

जनकपुरधाम / भारतीयभुमि सँग सीमा जोडिएका मधेस प्रदेशका चार जिल्लाका सीमानाका आज राति १२ बजेदेखि तीन दिनका लागि बन्द हुने भएको छ ।

भारतको विहार राज्यअन्तर्गत मधुवनी जिल्लामा पाँचौ चरणको लोकसभा चुनाब हुन गैरहेकाले  यहाँका सिरहा, धनुषा, सप्तरी तथा महोत्तरीका सीमानाका बन्द हुने सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुले जनाएका छन् ।

Advertisement:border-naka

आगामी सोमवार मधुवनीको मधुवनी संसदीय क्षेत्रमा मतदान हुन लागेकाले आज जेठ ४ गते शुक्रबार राति १२ बजेदेखि ७ गते राति १२ बजेसम्म नेपाल-भारत सीमानाका बन्द रहने जनाइएको छ ।

विहारको मधुवनी जिल्ला प्रशासनले नेपालको चार जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पत्र लेखी सोमवार हुने निर्वाचनका लागि ७२ घण्टा अगाडि सीमा बन्द गर्न आग्रह गरेबमोजिम सीमानाका बन्द गरिने भएका हुन् ।

सोही निर्वाचनलाई लक्षित गरी नेपालको रेलवे सेवा पनि तीन दिनका लागि बन्द हुने भएको छ । ​रेलवे कम्पनीका महाप्रबन्धक निरञ्जन झाद्वारा जारी सूचनामा भङ्गाह-जनकपुरधाम-जयनगर खण्डमा सञ्चालन हुने रेल सेवा तीन दिन बन्द रहने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस् :