बागमती सफाइ महाअभियान १२ औँ वर्षमा, सोचे अनुसार उपलब्धि हाँसिल हुन सकेन

bagmati-cleening-project

काठमाडौं / बागमती सफाइ महाअभियानले ११ औँ वर्ष पूरा गरि १२ औँ वर्ष प्रवेश गरेको छ। २०७० जेठ ५ गते राजधानी काठमाडौँको सभ्यताको स्रोत बागमतीलाई स्नान गर्न योग्य बनाउने उद्देश्यका साथ बागमती सफाइ महाअभियान शुरु भएको थियो।

तत्कालीन सयमदेखि प्रत्येक हप्ता शनिबार दुई घण्टा वाग्मती नदीका विभिन्न स्थानको किनारमा सफाइ गर्ने कार्यक्रमको आयोजना हुने गरेको छ। महाअभियान आजदेखि ५ सय ७५ औँ हप्तामा प्रवेश गरेको छ ।

Advertisement:bagmati-cleening-project

वाग्मतीबाट हालसम्म २० हजार मेट्रिक टनभन्दा बढी फोहोर सङ्कलन गरि त्यसको व्यवस्थापन भएको छ। महाअभियानमा १५ लाखभन्दा बढीले नदीमै गएर फोहोर उठाउन योगदान दिएका छन् । सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत सरकारी एवं सामुदायिक संस्थाको पनि योगदान छ। धेरै मानिसले महाअभियानलाई विभिन्न तरिकाले सहयोग गरे पनि उद्देश्य अनुसार उपलब्धि हाँसिल हुन सकेको छैन।

‘राष्ट्रका लागि हप्तामा दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ शुरु भएको अभियान पहिलो चरणमा पशुपति क्षेत्रसम्मको नदी सफा गर्ने लक्ष्य राखिएको थियो।

सफाइ महाअभियानको नेतृत्व तत्कालीन मुख्यसचिव लीलामणि पौडेलले गरेका थिए।

प्रतिक्रिया दिनुहोस् :