ललितपुरबाट हेटौँडातर्फ जाँदै गरेको कार दुर्घटना हुँदा तीनजना घाइते

तातोखबर, काठमाडौं / मकवानपुरको बकैया गाउँपालिकामा कार दुर्घटना हुँदा तीनजना गम्भीर घाइते भएका छन्।
ललितपुरबाट हेटौँडातर्फ जाँदै गरेको ग ३ च ९४७५ नम्बरको टाटा कार अनियन्त्रित भई बकैया-१२ चौतारास्थित कान्ति लोकपथ सडकखण्डमा दुर्घटना भएको हो।
कार सडकबाट करिब ४००-५०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी लक्ष्मी भण्डारीले जानकारी दिएका छन् ।
घाइते तीनैजना पुरुष रहेका र उनीहरुको परिचय खुलन नसकेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस