आइपिएल : आज चेन्नई र बैंगलोरबीच भीडन्त, दुवै टिम जित्नैपर्ने दबाबमा

Ipl-cricket-csk-vs-rcb-playoffs

आइपिएल, जेठ ५  / इण्डियन प्रिमियर लिग (आइपिएल)मा आज चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच खेल हुदैछ । बैंगलुरुको चिन्नस्वामी स्टेडियममा मा हुने यो खेल नेपाली समय अनुसार राती ७: ४५ बजेदेखि शुरु हुने छ ।

जारी आइपिएलको प्लेअफमा पुग्न दुवै टिमका लागि यो खेल जित्नैपर्ने दबाब रहेको छ । रोयल च्यालेन्जर्स बैंगलोरले चेन्नईलाई १८ रनको अन्तर वा चेज गर्दा १८.१ ओभर अगाडी जितेमा प्लेअफमा पुग्ने सम्भावना रहन्छ भने चेन्नईले जितेमा वा माथि उल्लेखित भन्दा कम अन्तरमा हार बेहोरेमा सिधै प्लेअफमा पुग्ने छ ।

Advertisement:Ipl-cricket-csk-vs-rcb-playoffs

चेन्नईको अहिले १३ खेलमा १४ अंक रहेको छ भने चौथो स्थानमा रहेको बैंगलुरुको १३ खेलमा १२ अंकसहित छैटौं स्थानमा रहेको छ ।

यस सिजनमा कोलकोता नाइट राइडर्स, राजस्थान रोयल्स र सनराइजर्स हैदरावाद यस अघि नै प्लेअफमा पुगिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस् :