मकवानपुर कार दुर्घटना अपडेट : उपचारका क्रममा दुईजनाको मृत्यु

तातोखबर, काठमाडौं / मकवानपुरको कान्तिलोकपथ सडकखण्डमा कार दुर्घटनामा घाइते भएका दुईजनाको उपचारका क्रममा मृत्यु भएको छ। घाइतेमध्ये रौतहटको मौलापुर नगरपालिका ६ बस्ने अन्दाजी १७ वर्षीय विवेक शाह र मकवानपुर भीमफेदी गाउँपालिका ८ बस्ने ६५ वर्षीय प्रेमबहादुर ब्लोनको हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
त्यस्तै, अर्का घाइते बारा निजगढ नगरपालिका- ६ बस्ने ३० वर्षीय सन्दीप शाहको हेटौंडाको शहकारी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रबक्ता लक्ष्मी भण्डारीले जानकारी दिए।
ललितपुरबाट हेटौँडातर्फ जाँदै गरेको ग ३ च ९४७५ नम्बरको टाटा कार अनियन्त्रित भई बकैया-१२ चौतारास्थित कान्ति लोकपथ सडकखण्डमा दुर्घटना भएको हो।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस