प्रतिनिधिसभाको बैठक दिउँसो २ बजेका लागि सर्यो

Samsadd-pratinidhisabha

काठमाडौं / पूर्वनिर्धारित समयमा बैठक बस्न नसके पछि प्रतिनिधिसभाको बैठक दिउँसो २ बजेका लागि सरेको छ । यसअघि बिहान ११ बजे बस्ने गरी बैठक बोलाइएको थियो। तर सहकारी ठगी प्रकरण छानबिनका लागि सहमत भएका सत्तारुढ तथा विपक्षी दलहरूबीच संसदीय छानबिन समितिको टिओआरका विषयमा कुरा नमिल्दा बैठक सरेको हो।

यता,विपक्षी दलको बैठकले  गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिने निर्णय गरेको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी दलहरूको साझा बैठकले गृहमन्त्रीको जवाफ सुन्ने निर्णय गरेको हो।

Advertisement:Samsadd-pratinidhisabha

प्रतिक्रिया दिनुहोस् :