म्याग्दीको पिपलबोटमा गाँजा फँडानी अभियान

ganja-fadani-bhanga

तातोखबर, म्याग्दी / म्याग्दी जिल्लाको मंगला गाउँपालिका वडा नं ५ पिपलबोटमा खेतबारीमा लगाइएको गाँजा (भाँगो) शनिवार प्रहरीले फँडानी गरेको छ ।

‘समुदाय–प्रहरी साझेदारी कार्यक्रम’ अन्तर्गत जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट प्रहरी नायव निरीक्षक हरिबहादुर थापाको नेतृत्वमा गएको टोलीले २ सय वटा गाँजाका बोट फँडानी गरेको जनाएको छ।

Advertisement:ganja-fadani-bhanga

स्थानीय युवा तथा बाहिरबाट आउनेले गाँजाको प्रयोग गर्न सक्ने भन्दै समुदायको पहलका खोजीखोजी नष्ट गरिएको प्रहरीले जनाएको छ।

संकलित गाँजाका बोट वडाध्यक्ष भुपेन्द्रबहादुर क्षत्री, आमा समूह तथा स्थानीयको रोहबरमा जलाएर नष्ट गरेको थियो।

समाजलाई विकृतिबाट रोक्न जिल्लाको अन्य ठाउँमा भएको गाँजा खेती नष्ट गर्न प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।

प्राकृतिक रूपमा रहेका गाँजा प्रयोग नहोस् भनेर जिल्लाका सबै स्थानीय तहमा यो अभियान सञ्चालन गरिएको छ। म्याग्दीको शहरबजारबाहेक ग्रामीण क्षेत्रमा समेत लागुपदार्थ, औषधको प्रयोगकर्ता बढ्दै जान थालेपछि अभियान नै सञ्चालन गरेको प्रनानि थापाको भनाइ रहेको छ।

म्याग्दीमा गाँजाका बोट रोप्नेभन्दा पनि प्राकृतिक रुपमा बढी मात्रामा उम्रने गरेको पाइएको छ। नेपालमा दुई प्रकारका लागुऔषधको उत्पादन हुन्छ।

एउटा गाँजा, अर्को अफिम। दुवै प्रकारको उत्पादनबाट म्याग्दी उच्च जोखिममा रहेको छ। लागुऔषधको प्रयोग र ओसारपसारले समाजमा विभिन्न अपराध निम्त्याएकाले न्यूनीकरण गर्दै लैजान प्रहरीले अभियान चालेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस् :