सहकारी ठगी प्रकरण : कार्यदलको बैठक बस्दै

karyedal-samiti

काठमाडौं / सहकारी ठगी प्रकरण छानबिन गर्ने संसदीय समितिको क्षेत्राधिकार तय गर्न गठित कार्यदलको बैठक आज बस्दैछ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा दिउँसो ३ बजे बैठक बस्ने तय भएको कार्यदल सदस्य एवं नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले बताए ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको बचत अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नै मुछिएकाले उनको नाम उल्लेख गरेर संसदीय समितिको क्षेत्राधिकार तय गर्नुपर्ने बताउँदै आएको छ ।

Advertisement:karyedal-samiti

कांग्रेसको यही मागमा सहमति नजुटेकाले कार्यादेश टुंग्याउने जिम्मा पाएको कार्यदलको बैठक निष्कर्षविहीन बन्दै आएको हो। यसअघि बसेका तीनवटा बैठक सत्ता र प्रमुख प्रतिपक्ष आ–आफ्नो अडानमा रहेकाले निष्कर्षमा पुग्न सकेका थिएनन् ।

सत्तापक्षले भने समग्र सहकारी क्षेत्रको समस्या समाधान गर्ने गरी समिति गठन गर्नुपर्ने भन्दै आएको छ। यही विषयलाई लिएर नेपाली कांग्रेसले संघीय संसदका दुबै सदनमा नारबाजी गर्दै आएको छ। प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक भोलिका लागि बोलाइएको छ। त्यसअघि सहमति खोज्न सभामुख देवराज घिमिरेले दलहरुलाई आग्रह गरेका छन्। संसद अवरोध जारी रहँदा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमाथि छलफल नै हुन सकेको छैन।

प्रतिक्रिया दिनुहोस् :