शैक्षिक भ्रमणका विद्यार्थी सवार जिप दुर्घटना हुँदा १२ जना घाइते

सुर्खेत / बाजुराबाट रारातर्फ जाँदै गरेको जिप मुगुको खत्याड गाउँपालिका वडा नम्बर २ जामको खोलामा दुर्घटना हुँदा १२ जना घाइते भए छन्।
बिहीवार बाजुरा जिल्लास्थित हिमाली गाउँपालिका-५ कोल्टीमा रहेको भवानी माध्यमिक विद्यालयका विद्यार्थीलाई रारा तालमा शैक्षिक भ्रमण गर्न आएका विद्यार्थी सवार रहेको ग १ ज ८२४९ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा चालकसहित १२ जना घाइते भएका छन्।
घाइते हुनेमा ९ जना विद्यार्थी, २ जना शिक्षक र चालक रहेको र घाइतेमध्ये चालकबाहेक सबैको अवस्था सामान्य रहेको प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।
सशक्त घाइते चालक तथा जिपधनी लालबहादुर भण्डारीको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको जानकारी उनले दिए।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस