सिरोहियाको बयान आज देखि शुरु, बयान नसकिए अर्को म्याद थपिने

kailas-siroyaiha-kantipur-media-group

जेठ ११, काठमाडौं । नागरिकता किर्ते गरेको आरोपमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको जिल्ला अदालत धनुषामा आज देखि बयान शुरु हुने भएको छ।

सिरोहियासँग सामान्य सोधपुछ भए पनि आधिकारिक बयान भने शुक्रबार शुुरु हुन लागेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले बताए । सिरोहियालाई शुक्रबारसम्म मात्रै हिरासतमा राख्ने अनुमति प्रहरीसँग छ।

Advertisement:kailas-siroyaiha-kantipur-media-group

बयान नसकिए अर्को म्याद थप्ने तयारी प्रहरीको छ । मंगलवार थापाथलीस्थित कार्यालयबाटै पक्राउ परेका सिरोहियालाई सोही दिन धनुषा पुर्याइएको थियो।

प्रतिक्रिया दिनुहोस् :