फ्रेन्च लिग वानको उपाधि पिएसजीले जित्यो

PSG-french-ledgue

काठमाडौं / फ्रेन्च लिग वानको उपाधि पेरिस सेन्ट जर्मेन (पिएसजी)ले जितेको छ।

शनिबार राति डेकाथलन एरिनामा भएको खेलमा पिएसजीले लियोनलाई २–१ ले हराएको हो। पिएसजीको जितमा औसमाने डेम्बेले र फावियन लुइजले गोल गरे।

Advertisement:PSG-french-ledgue

उपाधिसँगै पिएसजीले युवा स्ट्राइकर केलियन एम्बाप्पेको सुखद् बिदाइ गरेको  छ। फाइनलमा भने उनी गोलविहिन भए। फ्रेन्च लिग वान उपाधि उचालेको पिएसजी यस सिजन पनि युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलबाट माथि बढ्न सकेन।

पछिल्लो १२ वर्षमा ११ लिग उपाधि जितेपनि च्याम्पियन्स लिग उपाधि विहिन भएपछि एम्बाप्पेले सिजनसँगै क्लब छाड्ने निर्णय लिएका हुन्। उनी स्पेनिस महारथी रियाल मड्रिड जाने चर्चा छ।फ्रान्सलाई सन् २०१८ को विश्वकप उपाधि जिताएका एम्बाप्पेले पिएसजीबाट ३०८ खेल खेल्दा २५६ गोल गरेका छन्। सन् २०१७ मा मानाकोबाट लोनमा पिएसजी आएका एम्बाप्पे क्लब इतिहासमा सर्वाधिक गोल गर्ने एक्ला खेलाडी हुन्।

प्रतिक्रिया दिनुहोस् :