भ्रष्टाचारीलाई मृत्युदण्डको व्यवस्था गर्नेगरी संविधान संशोधन गर्न माग : प्रेम सुवाल

prem-suwal-kishan-party

काठमाडौं / सांसद प्रेम सुवालले आव नीति तथा कार्यक्रममा भ्रष्टाचारीलाई मृत्युदण्डको व्यवस्था गर्नेगरी संविधान संशोधन गर्नुपर्ने माग गरेका छन्। आज प्रतिनिधि सभाको बैठकमा नीति तथा कार्यक्रममाथि शंसोधन पेश गर्दै उनले यस्तो बताएका हुन्।

उनले उक्त व्यवस्था गर्न संशोधन गर्नुपर्ने आवश्यक रहेकाे बताए। उनले भने,‘बुँदा १५ र २८ मा ठूलठूला भ्रष्टाचारी र मानव अधिकारको गम्भीर उल्लंघन गर्नेलाई मृत्युदण्ड दिने संविधान संशोधन गरिने छ भनेर उल्लेख गर्नुपर्छ।’

Advertisement:prem-suwal-kishan-party

यस्तै,उनले बुँदा २० मा लघुबित्त, सहरकारी ठगी गर्नेहरूलाई जेल सजायको व्यवस्था गर्नुपर्ने,पाँच वर्षसम्म महंगी बढ्न नदिइने व्यवस्था लेख्नुपर्ने पनि माग गरे।

प्रतिक्रिया दिनुहोस् :