कोशी प्रदेश सभामा आज विनियोजन विधेयक २०८१माथि छलफल

koshi-pradesh-shabha

काठमाडौं / कोशी प्रदेश सभाको बैठकमा आज ‘कोशी प्रदेश विनियोजन विधेयक, २०८१ को सिद्धान्त र प्राथमिकता’ माथि छलफल हुने भएको छ  ।

दिउँसो २ बजे बोलाइएको बैठकमा आइतबार पेश भएको सिद्धान्त र प्राथमकितामाथि सांसदले धारणा राख्ने र सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको कोशी प्रदेशसभा सचिवालयले जनाएको छ ।

Advertisement:koshi-pradesh-shabha

आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले सिद्धान्त र प्राथमिकता पेश गरेका थिए । बैठकमा नेपाली कांग्रेसतर्फका सबै प्रदेशसभा सदस्य  उपस्थित थिएनन् ।

प्रतिक्रिया दिनुहोस् :