सहकारी ठगी प्रकरणको छानबिनका लागि ७ सांसद चयन

rabi-lamichhane-rsp-samsad-bhawan

काठमाडौँ / सहकारी ठगी प्रकरणको छानबिनका लागि बन्ने संसदीय समितिमा रहने ७ सांसद चयन भएका छन् । समितिमा कांग्रेस, एमालेबाट २/२ जना र अन्य दलबाट १/१ जना रहनेछन् ।

कांग्रेस सांसद रामहरि खतिवडाले दिएको जानकारीअनुसार कांग्रेसबाट सहमहामन्त्री बद्री पाण्डे र इश्वरी न्यौपाने, एमालेबाट सूर्य थापा र सरिता भुसाल, माओवादीबाट लेखनाथ दाहाल, राप्रपाबाट ध्रुवबहादुर प्रधान र रास्वपाबाट शिशिर खनाल सदस्य रहनेछन् ।

Advertisement:rabi-lamichhane-rsp-samsad-bhawan

सत्तारुढमध्ये ठूलो दलको हैसियतले एमालेबाट सूर्य थापा समिति संयोजक रहने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस् :