रारा गोल्डकपमा आज उपाधि भिडन्त

rara-gold-cup

तातोखबर, धनकुटा / ११ औँ संस्करणको रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि साविक विजेता सिराहाको सलहेश युथ क्लब र आयोजक रारा फुटबल क्लब बुधबार भिड्दै छन् ।

खेल दिउँसो २ बजे चौबिसे गाउँपालिका वडा नं. ६ मा रहेको राजारानी मैदानमा शुरु हुने आयोजकले जनाएको छ ।

Advertisement:rara-gold-cup

साविक विजेता सलहेश मंगलबार विर्तामोड युनाइटेड क्लब झापालाई टाइब्रेकरमा ५-४ गोल अन्तरले हराउँदै उपाधि नजिक पुगेको हो । यस्तै आयोजक रारा फुटबल क्लब मोरङको डाँगिहाट युथ क्लबलाई सोमबार २-१ गोल अन्तरले हराउँदै फाइनलमा पुगेको हो ।

प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले नगद २ लाख ५० हजार रुपैयाँ हात पार्नेछन् ।

प्रतिक्रिया दिनुहोस् :