बजेटमा एमालेको धारणा समेटिएन : विष्णु रिजाल

bishnu-rijal-CPN-UML

काठमाडौं / नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले सरकारले आगामी वर्षका लागि ल्याइएको बजेटमा असन्तुष्टि जनाएका छन्।

उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै बजेट र नीति तथा कार्यक्रम संसदमा छलफल नै नभएको र सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल एमालेको अपजस लिनु पर्ने खालका कुनै पनि कार्यक्रम नसमेटिएको उल्लेख गरेका हुन्।

Advertisement:bishnu-rijal-CPN-UML

नेता रिजालले एमालेले अघि सारेका अवधारणा नसमेटिएको र सत्ता साझेदार दलसँग कुनै छलफल नै नभएको बताएका छन्। उनले घुमाउरो पारामा माओवादी केन्द्रले एकलौटी गरेर बजेट ल्याएको उल्लेख गरेका छन्।

रिजालले फेसबुक राखेको स्टाटस

सरकारको नीति-कार्यक्रममा संसद्मा छलफलै भएन, बाहिर पनि खास चासो देखिएन । बजेट सुन्दा र दोहोर्याएर पढ्दा पनि नेकपा (एमाले) प्रतिबिम्बित भएको मैले पाइनँ । बजेट बनाउनुपूर्व सत्ता साझेदार दलबीच गहनतापूर्वक के कति छलफल भयो, थाहा भएन ।

तर, सत्ता समीकरणको सबभन्दा ठूलो दलका हैसियतले सबभन्दा ठूलो अपजस एमालेको टाउकोमा आउने भएकाले नीति तथा कार्यक्रम र बजेटमा एमालेको प्रमुख भूमिका रहनुपर्ने हो । बजेट सामान्य, नियमति र ठीकठीकै छ ।

धेरै पाटा त संसद्मा छलफल हुँदा पनि आउलान् । तर, बजेटमा जुन प्रकारले एमालेले अघि सार्दै आएका अवधारणाहरु समेटिनुपर्ने हो, त्यस्तो देखिएन ।

प्रतिक्रिया दिनुहोस् :