यू-१९ क्रिकेटका लागि सुदूरपश्चिमबाट खेलाडी छनोट शुरु

sudurpaschim-cricket

तातोखबर, बैतडी / यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत सुदूरपश्चिम छनोट जेठ २० गतेदेखि शुरु हुने भएको छ ।

एकदिवसीय फरम्याटको प्रतियोगितामा क्यान आबद्ध प्रदेशका ८ जिल्लाको सहभागिता रहने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष वासुदेव जोशीले जानकारी दिए ।

Advertisement:sudurpaschim-cricket

सार्वजनिक तालिकाअनुसार सहभागी हुने टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’मा डडेल्धुरा, डोटी, दार्चुला र बैतडी साथै समूह ‘बी’ मा कञ्चनपुर, बझाङ, अछाम र कैलाली छन् । समूह ‘ए’ बाट जेठ २० गते डडेल्धुरा र दार्चुला बिच उद्घाटन खेल हुनेछ ।

जेठ २१ गते दार्चुला र बैतडी,जेठ २२ गते डोटी र बैतडी,जेठ २३ गते डोटी र दार्चुला, जेठ २४ डडेल्धुरा र बैतडी तथा जेठ २५ गते डडेल्धुरा र डोटीले प्रतिस्पर्धा गर्नेछन् ।

यस्तै समूह बीबाट  जेठ २६ गते अछाम र बझाङ, जेठ २७ गते अछाम कैलाली,जेठ २८ गते कञ्चनपुर र बझाङ, जेठ २९ गते अछाम  र कञ्चनपुर, जेठ ३० गते बझाङ र कैलाली तथा जेठ ३१ गते कञ्चनपुर र कैलालीबीच खेल हुनेछ ।

शीर्ष स्थानमा पुग्ने टोलीबीच फाइनल भिडन्त असार १ गते हुने प्रादेशिक क्रिकेट संघले जनाएको छ ।

प्रदेशस्तरीय छनोटमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीबाट राष्ट्रिय प्रतियोगिता खेल्ने टोली घोषणा गरिने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका प्रमुख छनोटकर्ता दीपेन्द्र भण्डारीले जनाए ।

खेल डडेल्धुराको परशुराम नगरपालिका-१२ स्थित  जोगबुढा रंग मैदानमा सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस् :