धनगढीमा ४४.१ डिग्री तापमान, उच्च तापक्रमको रेकर्ड ब्रेक

mausam-very-hot-weather-tarai-nepal-madesh-pradesh

काठमाडौँ / यो वर्ष धनगढीले उच्च तापक्रमको रेकर्ड ब्रेक गरेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार धनगढीमा आज दिउँसो ४४.१ डिग्री तापक्रम पुगेको हो।

मौसमविद्का अनुसार धनगढीको तापक्रम यो वर्षकै सबैभन्दा बढी पुगेको हो । यसअघि भैरहवामा यो वर्षकै सबैभन्दा बढी ४३.६ डिग्री तापक्रममापन गरिएको थियो। त्यसलाई उछिनेर आज बिहीवार धनगढीले रेकर्ड ब्रेक गरेको हो।

Advertisement:mausam-very-hot-weather-tarai-nepal-madesh-pradesh

काठमाडौँको तापक्रम

काठमाडौँमा आज अपराह्न अधिकतम तापक्रम ३४ डिग्री नाघेको छ। यसअघि आजै ३३ डिग्री रेकर्ड गरिएको काठमाडौँको तापक्रम बढेर ३४ डिग्री नाघेको हो।

विभागले आज अधिकतम ३३ डिग्री पुग्ने अनुमान गरेको थियो त्यसलाई उछिनेर तापक्रम ३४ डिग्री कटेको हो।

प्रतिक्रिया दिनुहोस् :