अमेरिकाले सन्दीपलाई दोस्रोपटक पनि भिसा दिन अस्विकार गर्यो

sandip-lamichhane-adalat

काठमाडौं / नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले दोस्रोपटक पनि भिसा दिन अस्विकार गरेको छ ।

बुधबार अपरान्ह अन्तर्वार्ताका लागि अमेरिकी राजदूतावास पुगेका उनलाई अमेरिकाले भिसा दिन पुन: अस्विकार गरेको हो ।

Advertisement:sandip-lamichhane-adalat

बलात्कार मुद्दामा उच्च अदालतबाट सफाइ पाएपछि नेपाल क्रिकेट संघ क्यानले उनलाई विश्वकप खेलाउन पठाउने निर्णय गर्दै भिसा प्रक्रिया अघि बढाएको थियो । अमेरिकाले भिसा दिन अस्वीकार गरेपछि पुन: सरकारले कूटनीतिक नोट पठाएपछि बिहीबार अन्तर्वार्ताका लागि बोलाइएको थियो।

तर बिहीबार पनि भिसा दिन अस्वीकार गरेको क्यानका केन्द्रीय सदस्य छुम्बी लामाले जानकारी दिए । टी ट्वेन्टी विश्वकप क्रिकेट आगामी जुन १ देखि अमेरिका र वेष्ट इण्डिजमा संयुक्त रुपमा आयोजना हुँदैछ ।

क्यानले सन्दीपको ठाउँ खाली राखेर आइसीसीलाई १४ खेलाडीको मात्रै नाम बुझाएको थियो । तर अब यसअघि घोषित १५ सदस्यीय टिमले नै प्रतियोगिता खेल्ने लामाले बताए ।

प्रतिक्रिया दिनुहोस् :