सिन्धुलीमा बैंकका कर्मचारी चढेको बस दुर्घटना

sindhuli_bus_ accident

काठमाडौँ / सिन्धुलीको खुरकोट नजिकै बर्दिबासबाट काठमाडौँ आउँदै गरेको एउटा बस दुर्घटनाग्रस्त भएको छ। बस घरको छत र भित्तामा ठोक्किँदा दुर्घटना भएको हो ।

बसमा २८ जना सवार रहेका थिए । उद्धारकार्य जारीरहेको सिन्धुलीका प्रहरी निरीक्षक केशव कटुवालले जानकारी दिए ।

Advertisement:sindhuli_bus_ accident

१५ जना घाइते रहेका र उनीहरु मध्ये १२ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको र ३ जनालाई उपचारका लागि काठमाडौँ पठाइएको उनले बताए ।

एक बैंकका कर्मचारी चढेको बस दुर्घटनामा भएको प्रारम्भिक जानकारी छ । अहिले उद्धार कार्य चलिरहेको हुँदा विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

बस सिन्धुलीको गोलन्जोर वडा नं ७ मा दुर्घटनामा परेको हो । बस आज साँझ ५ः३० बजे आसपासमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । बस सडकबाट १० मिटर तल घरको भित्ता र छतमा ठोकिन पुगेको थियो । गाडी घरमाथि पुगेर उत्तानो परेको छ।

प्रतिक्रिया दिनुहोस् :