सिन्धुली बस दुर्घटना : बसमा ग्लोबल आइएमइ बैंकका कर्मचारी, २४ जना घाइते

sindhuli_bus_ accident

तातोखबर, सिन्धुली/ सिन्धुलीको खुरकोट नजिकै बिहीवार साँझ ग्लोबल आइएमइ बैंकका कर्मचारी सवार बस दुर्घटना भएको जानकारी आएको छ ।

बर्दिबासको कार्यक्रम सकेर काठमाडौँ आउनेक्रममा उक्त बस दुर्घटनाग्रस्त हुँदा २८ मध्ये २४ जना घाइते भएका सिन्धुली प्रहरीले जनाएको छ ।

Advertisement:sindhuli_bus_ accident

सिन्धुलीका प्रहरी निरीक्षक केशव कटुवालले दिएको जानकारी अनुसार घाइतेहरु सबैलाई उपचारका लागि काठमाडौँ नै पठाइएको छ ।

बस सिन्धुलीको गोलन्जोर वडा नं ७ मा दुर्घटनामा परेको थियो ।

बस सडकबाट १० मिटर तल घरको भित्ता र छतमा ठोकिन पुगेको थियो। गाडी घरमाथि पुगेर उत्तानो परेको थियो। दुर्घटनाबाट ठूलो क्षति भने नभएको प्रहरीले जनाएको छ  ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार बस आज साँझ ५ः३० बजे आसपासमा दुर्घटना भएको थियो ।

प्रतिक्रिया दिनुहोस् :