क्यानका अध्यक्ष श्रीमती सहित अमेरिकामा, सन्दिपलाई भिसा दिलाउन आईसीसीको पहल खै ?

sandip-lamichhane-us-visa-rejected

जेठ १७ , क्रिकेट / आईसीसी टी-२० विश्वकपमा भाग लिन संयुक्त राज्य अमेरिकाको भिसाका लागि दोश्रो पटक निवदेन गर्दा पनि सन्दिप लामिछानेले भिसा नपाएको भन्दै उनका नेपाली समर्थकहरुले विरोध जनाइरहदा कुटनीतिक सम्बन्धसमेत तरङ्गित बन्न सक्ने सङ्केत देखा परेको छ ।

क्रिकेटर सन्दिप लामिछानेको भिसाका लागि नेपाल सरकारले पहल गर्दा समेत अमेरिकाले भिसा दिन नमान्दा यस्तो प्रश्न उठ्न थालेको हो ।

Advertisement:sandip-lamichhane-us-visa-rejected

क्रिकेटर लामिछानेले अमेरिका प्रवेशका लागि भिसा नपाएको समाचारले नेपाली क्रिकेट जगत तातेको बेला अमेरिकाले भिसा दिन अस्विकार गरेर नेपाल अमेरिकाबीचको कुटनीति सम्बन्धमा आँच आउन सक्ने विज्ञहरुले आमसञ्चार माध्यमहरुमार्फत आफ्ना धारणा सार्वजनिक गर्न शुरु गरेका छन् ।

नेपालि क्रिकेट टोलीमा समाबेश भएका उच्च पदका कर्मचारीका परिवारका सदस्यलाई अमेरिकाले भिसा दिँदा सन्दिपले नपाउनु रहस्यमय बनेकोमा नेपाली क्रिकेटप्रेमीहरु आश्चर्यचकित बन्न पुगेका छन् ।

क्रिकेट एसोसियसन नेपालका अध्यक्ष चतुरबहादुर चन्द श्रीमतीसहित अन्य पदाधिकारीहरु लिएर आज अमेरिका उडेको तर सन्दिप लामिछानेलाई आईसीसी टी –२० कपमा भाग लिन बन्देज गरिनु नेपालकै दुर्भाग्य भएको नेपाली क्रिकेट बृत्तमा चासोको विषयमा बन्न पुगेको छ । भ्रमण टोलीमा क्यानका अध्यक्ष चन्द समेटिदा आवश्यक जिम्मेवारी वहन गर्न सक्ने नेपाली क्रिकेट खेलाडी छुट्दा तिक्तता पैदा भएको छ ।

जबरजस्ती करणी मुद्दामा काठमाडौं जिल्ला अदालतले दोषी ठहर गरेपछि लामिछाने क्यानको निलम्बनमा परेका थिए । केही साताअघि उच्च अदालतले उनलाई सफाइ दिएपछि उनको निलम्बन फुकुवा भएको थियो । निलम्बन फुकुवा भएपछि गत साता लामिछानेले अमेरिकाको भिसाका लागि निवेदन दिँदा दूतावासले उनको आवेदन अस्वीकृत गरिदिएको थियो ।

कसले के पहल गरे ?

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले प्रधानमन्त्रीलाई अनुरोध गरेर परराष्ट्र मन्त्रालयमार्फत् उनलाई भिसा दिलाउन पहल गरिने बताएका थिए । क्यानका सचिव पारस खड्काले पनि गत साता लामिछानेको भिसा प्रक्रिया सुरु भएको जानकारी दिएका थिए । तर अमेरिकी दूतावासले भने भिसासम्बन्धी अभिलेखहरू गोप्य हुने भन्दै लामिछानेले भिसा नपाएको विषयमा प्रतिक्रिया दिन अस्वीकार गरेको छ ।

आइसिसी पुरुष टि-२० विश्वकप २०२४ मा सहभागिताका लागि नेपाली राष्ट्रिय क्रिकेट खेलाडी सन्दिप लामिछानेको भ्रमणको निम्ति कूटनीतिक नोट सहित नेपाल सरकार, परराष्ट्र मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्, नेपाल क्रिकेट संघ साथै आईसीसी बाट आवश्यक पहल भएको अवस्था हुँदा समेत अमेरिकी दूतावासले राष्ट्रिय खेलाडी सन्दिप लामिछानेलाई विश्वकप खेल्नका लागि यात्रा अनुमति (भिसा) दिन असमर्थता जनाएको कुरा क्यानको जारि विज्ञप्तिमा उल्लेख छ ।

क्यानका अध्यक्षको बुढी लान सक्ने परिवारलाई भिसा दिलाइदिन सक्ने देशकै सफल खेलाडीका लागि पहल नसक्ने भनेर क्यानको चौतर्फी बिरोध भैरहेको छ । आईसीसी जस्तो संस्थाले पनि आवश्यक पहल नगर्दा अमेरिकाले भिसा नदिएको जानकारहरु बताउँछन् । आईसीसीले आवश्यक पहल गरिदिएको अवस्थामा अमेरिकाले भिसा दिन सक्ने सम्भावना प्रवल रहन्छ । क्यानको नेतृत्वमा रहेकाहरुको चासो आफन्तलाई कसरि अमेरिका लैजाने भन्ने बिषयमा केन्द्रित हुँदा सन्दीपको बिजोक भएको छ

नेपाली टोलीमा को को

हाल नेपाली टोलीमा स्पिनरहरू ललितनारायण राजवंशी, सागर ढकाल छन् भने तीव्र गतिका बलरमा सोमपाल कामी, करण केसी, कमलसिंह ऐरी, गुलशन झा र प्रतीश जीसी छन् ।

त्यस्तै ’पार्टटाइम’ स्पिनरहरूमा दीपेन्द्र सिंह ऐरी, कप्तान रोहित पौडेल, कुशल मल्ल र कुशल भुर्तेल छन् ।

यसअघि सन् २०१९ मा पनि लामिछानेलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको थियो तर दूतावासले त्यसमा त्रुटि भएको भन्दै पछि भिसा दिएको थियो ।

press-relese-can

 

प्रतिक्रिया दिनुहोस् :