सिभिल सर्भिस हस्पिटलमा विभिन्न पदका लागि दरखास्त आह्वान

cevil-service-hospital

काठमाडौं / निजामती कर्मचारी अस्पतालले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । अस्पतालको पदपूर्ति समितिले सूचना जारी गर्दै विभिन्न पदमा दरखास्त आह्वान गरेको जनाएको छ ।

अस्पतालले सिनियर रजिष्ट्रार, रजिष्ट्रार, वरिष्ठ सर्जन, रेडियोथेरापी टेक्नोलोजिस्ट स्टाफ नर्ससहितका पदमा दरखास्त आह्वान गरिएको हो ।

Advertisement:cevil-service-hospital

लोकसेवा आयोगबाट प्राप्त सहमति बमोजिम रिक्त पदमा कर्मचारीहरूको सेवाका शर्त र सुविधा विनियमावली, २०७० को विनियम १५ क बमोजिम खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्न लागेको अस्पतालले जनाएको छ ।

न्यूनतम योग्यता पुगेका इच्छुकनागरिकले असार ६ गतेभित्र आवेदन दिनसक्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस् :