न्युरोड फुटपाथ विवाद : छलफलका लागि सडक डिभिजनले महानगरलाई बोलायो

new-road-street-case

काठमाडौँ / सडक डिभिजन कार्यालय र काठमाडौँ महानगरपालिकाबीच जारी न्युरोड सडक विवाद समाधानका लागि छलफल हुने भएको छ। आज महानगरपालिकालाई पत्र काट्दै छलफलका लागि बोलाएको सडक डिभिजन कार्यालय काठमाडौँका सूचना अधिकारी  प्रमोद खतिवडाले बताएका छन् ।

काठमाडौँ महानगरपालिकाले न्युरोड गेटदेखि जुद्ध सालिकसम्म सवारीसाधन गुड्ने क्षेत्र घटाएर फुटपाथ थप्न सडक काटेपछि विवाद उत्पन्न भएको हो।

Advertisement:new-road-street-case

त्यहाँको सडक २ दिनभित्र यथास्थितिमा पुनःस्थापना गर्नु भनि सडक डिभिजनले महानगरलाई निर्देशन दिएको थियो । उक्त निर्देशनको म्याद आज सकिँदै छ।

प्रतिक्रिया दिनुहोस् :