पेट्रोलियम पदार्थको मूल्य घट्यो

petrol-price-low

काठमाडौँ / नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शुक्रबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा ३ रुपियाँ, मट्टीतेल र डिजेलमा १-१ रुपियाँको दरले मूल्य घटाएको हो ।

अब काठमाडौं उपत्यकामा पेट्रोल लिटरको १६८ रुपियाँ पर्नेछ भने  मट्टीतेल र डिजेललाई १५३ रुपियाँ तिर्नुपर्नेछ ।

Advertisement:petrol-price-low

यसअघि काठमाडौँमा पेट्रोलको १७१ र मट्टीतेल र डिजेलको मूल्य १५४ रुपियाँ थियो । घटेको मूल्य शुक्रबार राति १२ बजेदेखि लागू हुने निगमले विज्ञप्तिमार्फत् जानकारी गराएको हो । निगमले एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखेको छ

प्रतिक्रिया दिनुहोस् :