इराकद्वारा सन् २०२५ सम्ममा सहायता मिसन अन्त्य गर्ने राष्ट्रसङ्घको प्रस्तावलाई स्वागत

iraq-country-map

इराक सरकारले सन् २०२५ को अन्त्यसम्ममा इराकका लागि संयुक्त राष्ट्रसङ्घीय सहायता मिसन युएनएएमआई समाप्त गर्ने राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्तावलाई स्वागत गरेको छ ।

इराक सरकारका प्रवक्ता बासिम अल-अवादीले विज्ञप्तिमा इराकी सरकारले सन् २०२५ को डिसेम्बर ३१ सम्ममा संयुक्तराष्ट्र मिसन समाप्त गर्न सर्व सम्मतिले जारी प्रस्तावलाई स्वागत तथा स्विकार गर्दछ ।

Advertisement:iraq-country-map

विज्ञप्तिका अनुसार इराकी सरकारले इराकमा राष्ट्रसङ्घ र यसका विकास कार्यक्रमसँग दिगो सहयोग र साझेदारी जारी राख्ने वाचा गरेको छ ।

यसअघि, राष्ट्रसङ्घीय सुरक्षा परिषद्को सर्वसम्मतिले युएनएएमआइको जनादेशलाई अन्तिम १९ महिनाको अवधिका लागि विस्तार गर्ने निर्णय गरेको छ। निर्णयअनुसार निर्धारित समयपछि मिसनले सबै काम बन्द गर्नेछ ।

उक्त मिसन अमेरिकी गठबन्धनको आक्रमणपछि इराक सरकारको अनुरोधमा सन् २००३ मा इराकी सरकार र जनतालाई विभिन्न क्षेत्रमा सल्लाह, समर्थन र सहयोग प्रदान गर्न सुरक्षा परिषद्ले सुरु गरेको हो ।

प्रतिक्रिया दिनुहोस् :