चार (डीएसपी) एसपीमा बढुवाका लागि सिफारिस

nepal-police-headquater-nakxal

काठमाडौं / नेपाल प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक (एसपी)मा चारजनालाई बढुवाका लागि सिफारिस गरेको छ ।

जनपद प्रहरी समूहतर्फको रिक्त चार प्रहरी उपरीक्षक पदमा चार प्रहरी नायब उपरीक्षकलाई बढुवाका लागि सिफारिस गरिएको हो ।

Advertisement:nepal-police-headquater-nakxal

बढुवा सिफारिस हुनेहरूमा प्रदीपबहादुर क्षेत्री, नारायण रञ्जितकार, अनन्तराम शर्मा र  एकनारायण कोइराला छन्। उनीहरूलाई प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उप-नियम (४) अनुसार बढुवा सिफारिस गरेको कार्यालयले जनाएको छ ।

nepal-police-baduwa-sifaris

प्रतिक्रिया दिनुहोस् :