विश्वकपको उद्घाटन खेलमा आयोजक अमेरिकाको विजयी शुरुवात

icc-t20-cricket-world-cup

काठमाडौं / आइसीसी टी-२० विश्वकपको उद्घाटन खेलमा आयोजक अमेरिकाको विजयी शुरुवात भएको छ।

आइतबार बिहान सम्पन्न उद्घाटन खेलमा अमेरिकाले क्यानडालाई ७ विकेटले पराजित गरेको हो।

Advertisement:icc-t20-cricket-world-cup

क्यानडाले दिएको १९५ रनको लक्ष्य पछाएको अमेरिकाले १७ दशमलव ४ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पूरा गरेको हो । अमेरिकाका लागि एरोन जोन्सले अविजित ९४ र आद्रिज गोउसले ६५ रन बनाए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको क्यानडाले २० ओभरमा ५ विकेट गुमाउदै १९४ रन बनाएको थियो । क्यानडाका लागि नवनीत धालिवालले सर्बाधिक ६१ र निकोलस क्रितोनले ५१ रन बनाएका थिए । त्यस्तै श्रेयस मोभ्भाले १६ बलमा ३२ रन अविजित बनाए ।

जितपछि समुह ए मा रहेको अमेरिकाले २ अंक हासिल गरेको छ । अब अमेरिकाले दोस्रो खेल जुन ६ मा पाकिस्तानविरुद्ध खेल्ने छ भने क्यानडाले दोस्रो खेल जुन ७ मा आयरल्याण्डविरुद्ध खेल्ने तालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस् :