गृहमन्त्रीको निर्णय उपर सर्वोच्चको अन्तरिम आदेश

sarboccha

काठमाडौँ / सर्वोच्च अदालतले ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा स्वयंसेवकका रुपमा नखटाउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले प्रारम्भिक सुनुवाइपछि कारण देखाऊसहित अन्तरिम आदेश जारी गरेको हो ।

गृहमन्त्री लामिछानेले सडकमा ट्राफिक नियम उल्लघंन गर्नेलाई स्वयंसेवकको रुपमा खटाउन मातहतका निकायलाई निर्देशन दिएका थिए । उक्त कार्य तत्काल बन्द गर्न अन्तरिम आदेश माग गर्दै कृष्ण विकसहितले सर्वोच्चमा रिट दायर गरेका थिए ।

Advertisement:sarboccha

रिटमा सामान्य गल्तीमा समेत सडकमा उभ्याई बलपूर्वक सवारी नियमनको काममा लगाउँदा समग्र चालकहरूको हक हितमा गम्भीर असर परेको दावी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस् :